शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सल्लाको खोटो बिक्रीबाट आम्दानी, संकलन गर्ने क्रम बढ्यो

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०८०



  • दाङ। दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो संकलन गर्ने क्रम पनि बढेको हो।

    आर्थिक बर्ष २०७९/८० मा जिल्लाका नौवटा समुदायिक वनबाट एक लाख सात हजार नौ सय सात केजी खोटो संकलन भएर बिक्री हुँदा रु १२ लाख ९४ हजार सात सय चार आम्दानी भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

    आव २०७८/७९ मा सात हजार दुई सय ५६ केजी सल्लाको खोटो संकलन गरिएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट रु नौ लाख ३९ हजार २७ मात्रै आम्दानी भएको थियो । अघिल्लो आवको तुलनामा पछिल्लो समय सल्लाको खोटो संकलन गर्ने कार्य बढेको उनको भनाइ थियो।

    आव २०७९/८० मा बागेश्वरी सामुदायिक वनबाट दुई हजार दुई सय १० केजी खोटो निकासी हुँदा रु २६ हजार पाँच सय २०, सरस्वती सामुदायिक वन समूहबाट २५ हजार ८० केजी खाटो बिक्री हुँदा रु तीन लाख नौ सय ६० आम्दानी गरेका गरेका थिए।

    त्यसैगरी, गैरीकुण्ड दर्शाकोट सामुदायिक वन समूहबाट २० हजार छ सय ५८ केजी खोटो बिक्री हुँदा रु दुई लाख ४७ हजार आठ सय ९६, जौलीपोखरी सामुदायिक वन समूहबाट सात हजार तीन सय दुई केजी खोटो बिक्री हुँदा रु ८७ हजार छ सय २४, घोरले संगरगैरा सामुदायिक वन समूहबाट तीन हजार ४३ केजी खोटो बिक्री हुँदा रु ३६ हजार पाँच सय १६ आम्दानी भएको थियो।

    यस्तै जनचेतना सामुदायिक वन समूहबाट आठ हजार चार सय ५० केजी खोटो बिक्री हुँदा रु एक लाख एक हजार चार सय, शिव सामुदायिक वन समूहबाट एक हजार आठ सय ३२ केजी खोटो बिक्री हुँदा रु २१ हजार आठ सय ८४, भूमेवराह सामुदायिक वन समूहबाट सात हजार आठ सय ७५ केजी खोटो बिक्री गर्दा रु ९४ हजार पाँच सय र ओखलढुंगा सामुदायिक वन समूहबाट ३१ हजार चार सय ५४ केजी खोटो बिक्री गर्दा रु तीन लाख ७७ हजार चार सय ८४ आम्दानी भएको प्रमुख श्रेष्ठले जनाए।

    सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको उनको भनाइ थियो।

    जिल्लामा बंगलाचुली गाउँपालिकाबाट खोटो संकलन हुने गरेको छ। सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाका रूखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौं रुपैया आम्दानी गरेर सामाजिक कार्यमा लगाउने गरेका छन् ।

    वन समूहले सल्लाहको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै खानेपानीका लागि धारा, बाटो र विद्यालय निर्माणमा तथा सामुदायिक वन सुधार कार्यमा लगाउने गरेको ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए।

    उक्त वन समूहले जिल्लामा सबैभन्दा धेरै खोटो बिक्री गर्दै आएको छ। जिल्लामा समुदायिक वनबाट संकलन भएको खोटो गंगा रोजिन एन्ड गम टर्पिनटाइन कम्पनीले प्रतिकेजी रु १२ का दरले खरिद गर्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij