शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दशगजामा प्रहरी र स्थानीयबीच झडप, दुवैतर्फ गरी ७ जना घाइते

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०८०



  • दशगजामा प्रहरी र स्थानीयबीच झडप, दुवैतर्फ गरी ७ जना घाइते

    काठमाडौं । झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल-भारत सामान ओसारपसार गर्ने स्थानीयबीच झडप भएको छ झडपमा परी हुँदा एक सशस्त्र प्रहरीसहित ७ जना घाइते भएपछि त्यहाँ तनाव सिर्जना भएको हो ।

    सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका नेपाल-भारत सीमा पिलर ९०-२-९०-३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गर्दा सशस्त्र प्रहरीले सामान नियण्त्रणमा लिन खोज्दा झडप भएको प्रहरी स्रोतको भनाई छ । प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ ।

    सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको बिएण्डसि अस्पतालका चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसँग स्थानीयको झडप भएको हो ।

    धारिलो हतियार प्रहारबाट दीपा बातर, हरि बातर विषेश राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव घाइते छन् । उनीहरुको हात र शरिरमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भएको छ । घटना लगत्तै घटनास्थल र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij