प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०८०
आज मिति २०८०/११/२१ गते सोमवार,तदनुसार ०४ मार्च २०२४ फाल्गुण कृष्ण पक्ष नवमी तिथि राति २६ । ४८ वजे सम्म । आजको नक्षत्र ज्येष्ठा विहान ११ । ३८ वजे सम्म ।
कपिलदेव सुवेदीउप–प्रा. नेपालसंस्कृत विश्वविद्यालयसिद्धान्त एवं फलित ज्यौतिषाचार्य,वास्तुविद् ज्यौतिष परामर्श केन्द्र क्याम्पस चोक,प्रतिक्षालय देखि दक्षिण तर्फबिजौरी,दाङ
भेटने समय विहान ०६–०९ः३० वजे सम्म ९८४७८२२७११,९८४७८३३६२३
मेष(चु,चे,चो,ला,ली,लु,ले,लो,अ)स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ । चोट पटकको सम्भावना रहेको छ । यात्रामा सतर्क रहनुहोला । मन प्रसन्न रहने छैन । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) बाहनबाट सुख मिल्ने छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) वायु विकारको योग वनेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
सिंह(मा,मी,मु,मे,मो,टा,टी,टु,टे)आफन्तहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । काम विग्रने खालको समयछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)आकस्मिक धनलाभ हुने योग छ । शत्रु पराजित हुनेछन । पढाइमा मन जानेछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)पठनपाठनमा बाधा पुग्ने खालको दिन रहेकोछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोगबाट छुट्कारा मिल्ने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजनका साथै ऐश्वर्य प्राप्तिको योग छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
धनु(ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)काममा बाधाका साथै शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक खर्चमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
मकर(भो,जा,जी,खी,खु,खे,खो,गा,गी)कामहरु बन्दै जाने छन् । आफन्त तथा मित्र मिलनको योग छ । धन प्राप्त हुनेछ । व्यवसायबाट राम्रो फाइदाहुने दिन रहेकोछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा आज शुभ समाचार सुन्न पाइनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij