शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

१३ घण्टादेखि दाउन्नेमा महेन्द्रराजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०८०



  • वर्षाले पूर्व-पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा १३ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबारको वर्षाका कारण सडक चिप्लो र हिलो भएर सवारीसाधन फसेपछि गएराति ७ बजेबाट दाउन्ने सडक खण्ड अवरुद्ध भएको हो ।

    महेन्द्रराजमार्ग हुँदै पूर्व र पश्चिम हिँडेका सैयौं गाडी दाउन्नेमै रोकिएका छन् । हिलोमा फसेको गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बर्दघाट र दुम्कीवास क्षेत्रमा सैयौं यात्रु अलपत्र परेका छन् ।

    राजमार्ग फराकिलो पार्न भत्काइएको सडक पानी परेपछि हिलाम्ये भएको छ । पानी पर्नुअघि दाउन्ने सडक खण्डमा करिब एक मिटरसम्म धूलो रहेको थियो ।

    दाउन्नेदेखि पश्चिम बर्दघाट खण्डमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नवलपरासीमा हिजो दिनभरीजसो मसिनो पानी परिरहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij