आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार हुँदै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०८०



  • coffee cup espresso on background from cofee beans with copy space. top view.

    नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएका छन्।

    व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएका उनी राम्रो आम्दानी गर्न सफलभएका छन्। विगतको भन्दा यस वर्ष कफीखेती राम्रो रहेकाले यस वर्ष आम्दानी पनि बढ्ने अनुमान गरेको गुरुङले बताए।

    “पहाडी क्षेत्रमा कफीखेती राम्रो हुन्छ भन्ने सुनेका थियौँ, पछि थोरै सङ्ख्यामा बिरुवा लगाएर विचार गर्दा राम्रो उत्पादन भएपछि अहिले यसैलाई व्यावसायिक रूप दिएका छौँ,” उनले भने।

    जिल्लाकै हुप्सेकोट गाउँपालिकाका तुलीसरा राना मगरले पनि दुई सय कफीका बिरुवासहित कफीखेती गरेका छन्। पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट मनग्य आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

    “कफीखेती विस्तार हुने क्रम बढ्दो छ, यसको बजार राम्रो भएकाले अन्य छिमेकी पनि यसका बारेमा सोधखोज गर्न थालेका छन्”, उनले भने, “अहिले गरिरहेको क्षेत्रलाई विस्तार गरी काम गर्ने सोच बनाएका छौँ ।”

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी भेगका गाउँमा कमला र तुलीसरा जस्तै कफीखेती गर्ने किसान बढ्दै गएका छन्। सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। यसको उत्पादनसमेत राम्रो हुँदै गएकाले कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको किसान बताउँछन्।

    जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा अहिले किसान कफीखेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

    “जिल्लामा करिब पाँच सय किसानले ११ हेक्टरमा व्यावसायिक कफीखेती गर्दै आएको तथ्यांक छ”, उनले भने, “यहाँ प्रतिहेक्टर शून्य दशमलव आठ मेट्रिकटन कफी उत्पादन हुने गरेको छ।”

    कफीखेती प्रवद्र्धनका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको उपसचिव जोशीले सुझाव दिए।

    “स्थानीय तहसँग सहकार्य गर्दा नेपाली कफीको उत्पादन बढाउन सहज हुने देखिन्छ”, उनले भने, “पहाडी गाउँमा कफीखेतीतर्फ किसानको आकर्षण बढ्दो छ ।”

    नेपालमा ४२ जिल्लामा करिब तीन हजार छ सय ५५ हेक्टरमा कफीखेती हुने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा कफीको उत्पादन करिब तीन सय ९४ मेट्रिकटन रहेको सरकारी तथ्यांक रहेको छ ।

    सोही आर्थिक वर्षमा नेपालले रु १३ करोड चार लाख ४१ हजार मूल्य बराबरको ७७ मेट्रिकटन कफी निर्यात गर्दा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको चार सय ५० मेट्रिकटन कफी आयात गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij