शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०८०



  • बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

    मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका-२ स्थित भैंसेबाट अवैध लागूऔषध चरेश करिब १५ किलोसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३१ वर्षीय प्रशान्त तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले बा.प्र-०२-०२०प ८८३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

    दाङ जिल्लाको लमही नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
    पदार्थ ६ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको
    छ । पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-६ सुन्दरनगर बस्ने १९ वर्षीय अरुण गाईने
    र २२ वर्षीय सुदिप विक रहेका छन् ।

    वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले अरुणलाई ४ ग्राम १ सय ३० मिलिग्राम र सुदिपलाई २ ग्राम ५ सय २० मिलिग्रामसहित पक्राउ गरेको हो ।

    झापा जिल्लाको मेचीनगर नगरपालिका-१२ सरेडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ राँके बस्ने २४ वर्षीय रोमन भन्ने रमन फेन्जुङ र ईलाम, ईलाम नगरपालिका-६ बस्ने २१ वर्षीय समिर योगी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले प्र.१-०३-००१ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-२ ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij