शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नौ वर्षीय बालक सुरेश कँवरको मृत्यु प्रकरणः अस्पताल र पीडितबीच सहमति

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०८०



  • घोराही दाङ। राजपुर गाउँपालिका–१ का नौ वर्षीय बालक सुरेश कँवरको उपचारको क्रममा मृत्यु भएपछि आन्दोलित पीडित पक्ष र बुद्ध इन्टरनेशनल हस्पिटल घोराहीबीच सहमति भएको छ ।

    घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएपछि दुई दिनदेखि जारी आन्दोलन सकिएको हो । अस्पतालको सेवाका विषयमा पटक–पटक प्रश्न उठेको र अहिले पनि यो घटना भएपछि नियमनकारी निकायकै नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, नाक, कान, घाँटी विशेषज्ञ तीनजना र पीडित पक्षको प्रतिनिधि छानविन समिति सदस्य छन् । अस्पताल प्रदेशकै मातहतमा रहेकोले लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकै नेतृत्वमा समिति बनेको छ । ‘समितिले जतिसक्यो चाँडो अध्ययन गरेर प्रतिवेदन ल्याउने सहमति छ’– प्रजिअ सुवेदीले भन्नुभयो– ‘सैद्धान्तिकरुपमा समितिले पाएको प्रतिवेदनको आधारमा कारवाही गर्ने, नियमन गर्ने, सेवा सुधार गर्ने वा मेडिकल काउन्सिलमा सिफारिस गर्ने त्यसपछि हुनेछ । त्यो बाहेक अस्पताल र पीडित पक्षबीच आपसी समझदारी भएपछि मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

    अस्पताल र पीडित पक्षबीच सहमति भएको र शव प्रतिष्ठानमा राखिएको मृतकका बुवा शालिकराम कँवरले जानकारी दिनुभयो । उहाँले शुक्रबार बिहान शवको पोष्टमार्टम गरी शव बुझ्ने सहमति भएको बताउनुभयो । समितिले पाँच दिनभित्र प्रतिवेदन ल्याउने र त्यसकै आधारमा कारवाही गर्ने सहमति भएको पीडित कँवरले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij