प्रकाशित मिति : आइतवार, चैत्र ४, २०८०
काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनित भएर आउनुभएका नयाँ सदस्यहरुको स्वागत कार्यक्रम रहेको छ ।
त्यस्तै दिउँसो २ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij