शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सन्धिखर्कमा ७५ जना असल बुहारी सम्मानित

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०८०



  • अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ। नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

    उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ। नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा होइन घरमै स्याहारसुसार गर्नुपर्छ भन्ने सन्देश दिन असल बुहारीहरुलाई सम्मान गरिएको बताए।

    सासुससुराको स्याहार सुसार गर्दा आफूलाई उनीहरुको आशीर्वाद प्राप्त भएको असल बुहारी सन्धिखर्क–१ का सुन्ताला श्रेष्ठले बताइन्। नब्बे वर्षभन्दा बढी उमेरका ससुरा बुबाको स्याहारसुसार गर्न पाउनुमा आफू भाग्यमानी भएको र अभिभावकको आशीर्वादले परिवारमा राम्रो भएको उनले बताइन्।

    वृद्धवृद्धालाई दिसापिसाब गराउने, स्याहारसुसार गर्ने, खाजा तथा खानाको उचित प्रबन्ध गर्ने, समय तालिकाअनुसार औषधि खुवाउने बुहारीलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा करुवा, खादा र आतेजाते भाडासहित सम्मान गरिएको नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालको भनाइ छ।

    ‘सबै नगरबासीको रहर, सुन्दर र समृद्ध नगर’ भन्ने नाराका साथ सम्पन्न उपप्रमुख असल बुहारी सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य लिला भुसाल, कृष्णा भुसाल, शारदा परियार, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, वडा सदस्य सुन्तला श्रेष्ठलगायतको उपस्थिति थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij