शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्व. कोइरालाको १४ औँ स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन

  • प्रकाशित मिति : बिहिबार, चैत्र ८, २०८०



  • काठमाडौँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा राजधानीको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य बलबहादुर केसीले राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउने बताए । उनले संसद्‌मा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको बताए ।

    उनले भने, ‘यो देशमा जुन किसिमको परिस्थिति निर्माण भएको छ । संसद्‌मा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको छ । त्यसलाई सम्हाल्न सकने र ठिक ढंगले अघि लैजान सकेनौँ भने देशको अस्तित्वमै समस्या र संकट आउने स्थिति छ ।’

    उनले गिरिजाप्रसाद कोइरालाको पथलाई पछ्याउन सकेमात्रै नेपाली काँग्रेसले देशको राजनीतिलाई सम्हाल्न सक्ने बताए । उनले देशमा विभिन्न खाले समस्या समाधान गर्न युवा पिढीले नेतृत्व गर्ने समय आएको बताए ।

    यसैगरी नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा बताए ।

    उनले भने, ‘गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोईरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोइराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस उहाँको उदाहरणीय छ ।’

    तरुण दल केन्द्रीय सदस्य निरन्जन थापाको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, सांसद प्रकाश स्नेही रसाइलीलगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij