शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ओलीलाई एउटै मोर्चामा समेट्न माधव राजी

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०८०



  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताएका छन् ।

    उपत्यका विशेष प्रदेश कमिटीद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पारे ।

    कम्युनिष्ट शक्तिहरु एकीकृत हुनुपर्नेमा अधिकांश कम्युनिष्ट विचारका दलहरु सहमत रहेको बताउँदै उनले भने, “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ, हामी छलफल गर्दै जानेछौँ ।”

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने सबै दललाई मिलाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले मुलुकको बृहत्तर हितका साथै जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्टलाई गोलबद्ध गराएर राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि विभिन्न रूपमा छरिएका कम्युनिष्टलाई मिलाएर बलियो पार्टी निर्माण गर्नुपर्ने खाँचो औँल्याए ।

    अध्यक्ष नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रूपमा प्राप्त वर्तमान राजनीतिक प्रणाली समाप्त पार्न केही समूह क्रियाशील रहेकाले संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्न प्रजातान्त्रिक शक्तिसँग पनि सहकार्य जरुरी रहेको विचार व्यक्त गरे ।

    निर्धारित समयमै पार्टीको महाधिवेशन सम्पन्न हुने जानकारी दिँदै उनले सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    पछिल्लो समय समाजवादी मोर्चामा एमालेलाई पनि समेट्न पहल भइरहेको छ । कट्टर दुस्मनी साँधेका माधवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुँम मलाउन तयार देखिएको संकेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij