आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३५ जना पक्राउ

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०८०



  • बिनिता शर्मा,काठमाडौ। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३५ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका-१ रानिवन सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

    कास्की जिल्लाको पोखरा महानगरपालिका-१९ लामाचौरस्थित निर्मला पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१९ गैरीखोर बस्ने ३२ वर्षीया रिया गर्बुजा समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ६ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

    ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१८ नख्खूस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-४ नख्खु बस्ने धादिङ निलकण्ठ नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij