शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०८०



  • काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् । ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला राख्न जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छाैँ ।’ उनले व्यापार–व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीय सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताए । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पनि पाउनेछैनन् ।

    ad
    प्रमुख जिल्ला अधिकारी बस्नेतले अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने उल्लेख गरे । व्यवसायीले अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुने गरी ध्वनि प्रदूषण गर्न नपाउने उनको भनाइ थियो ।

    छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले लामो समयदेखि ठमेलमा २४सै घण्टा व्यापार–व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताए । ‘परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्नेबारे पटक–पटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ ।’ दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबारमार्गलाई २४सै घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij