आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रौतहटमा दुर्घटना बढ्दै, ट्राफिक राजस्व असुलीमा केन्द्रित

  • प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८०



  • रौतहट। रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको छ। तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सीमित रहेको देखिएको छ।

    आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ ओटा सवारी दुर्घटना हुदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङक रहेको छ । पौस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाइते भएका छन्।

    जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठुला बडा बजारमा अव्यवस्थित पार्किङ, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटिङमा चलिरहेको छ। तर विभिन्न पर्व त्योहारको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी समाती कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ।

    आय दिन गौर चपुर सडक खण्ड, गौर गंगा पिपरा सडक खण्ड, बमनहर वीरगञ्ज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भइरहन्छ।

    प्रहरीको नियम अनुसार कहिले पनी नियमित चेकजाच, सवारी चलाउन सम्बन्धि जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनी न दिखीएको तर एक्कासी राजस्व संकलनका लागि प्रहरीले पर्व त्योहारको मुखमा मात्र चेकजाच गरी सवारी पक्राउ गरी कार्यवाही गरेको जनगुनासो रहेको छ।

    हालैमा बितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नम्बरको सवारीले घटना दुर्घटना घटाउँछन् भने भन्दै सवारीहरु समाती कार्यवाही गरेको थियो।

    कागज पत्र हुँदाहुँदै पनि नपढेलेखेका पर्व त्योहारमा घर आएका नेपाली भाषा नबुझने बोल्न नसक्ने परदेशीहरु डराई धमकाई सवारी समाती कार्यवाही गरेको जन-मानसले आरोप समेत लगाएका छन्। तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो देखिएको छैन ।

    नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३% राजस्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगतै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रित बनेको स्रोतले जनाएको छ। सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण घटना दुर्घटना बढेकाे आम जनताको बुझाई रहेको बुझिएको छ।

    सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाईदिने र बेलुका आउदा कागज पत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पिडितहरुले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij