प्रकाशित मिति : शुक्रबार, चैत्र २३, २०८०
दाेलखा। च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन्।
दाेलखा सदरमुकाम चरिकोटमा रहेकाे च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकाे बताइएकाे छ। आत्महत्याको प्रयास गरेकाे हाे या केही कारण हाे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।
पाेखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी उनी बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले संचारकर्मीहरूलाई बताए। घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी र उनको अवस्थामा गम्भीर भएकाेले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन्। अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए। आत्महत्याको प्रयास गरेको हो या केही हाे भन्नेबारे केही खुलेको छैन अनुसन्धान भइरहेकाे खड्काको भनाइ छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij