प्रकाशित मिति : आइतवार, चैत्र २५, २०८०
बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ।


बाँके जिल्लाको नेपालगंज उपपमहागरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजानाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५६ वर्षीय झोगे राम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्रामसहित पर्सा वीरगंज उपमहानगरपालिका-१६ घर भई हाल काठमाडौं बाफल बस्ने १९ वर्षीय संजय श्रापलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४२०७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की जिल्लाको पोखरा महानगरपालिका-२७ तालचोकबाट अवैध लागूऔषध गाँजा करिबb१० किलोसहित गोरखा सुलिकोट गाउँपालिका-५ सौरपानी बस्ने २२ वर्षीय मदन नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ आउँदै गरेको ग.१ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक मदनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
चितवन जिल्लाको राप्ती नगरपालिका-२ गडौलिबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने २५ वर्षीय मन बहादुर तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका-७ चौगुर्जी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने ७६ वर्षीय नन्दलाल गोडियालाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij