आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८० सुरु

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०८०



  • काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २५ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले दीप प्रज्वलन गरी खेलकुद प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

    प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू गरी नौ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरू समावेश छन् ।

    उद्घाटन खेल अन्तर्गत आइतबार भएको १०० मिटर दौड पुरुषतर्फ नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी जवान सुशील के.सी, नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका सशस्त्र प्रहरी जवानद्वय सुशील कुमार यादव र राजु महतो उराव क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने १०० मिटर दौड महिलातर्फ नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका सशस्त्र प्रहरी जवान नानीमायाँ माझी, नं. ९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी जवानद्वय पूजा थापा र जोशीला श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij