आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित सात जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, चैत्र २६, २०८०



  • बिनिता शर्मा,काठमाडौ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

    बैतडी जिल्लाको दशरथचन्द नगरपालिका-८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय विरेन्द्र रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

    सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका-८ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ पकली बस्ने १९ वर्षीय सनवाज महमदलाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    झापा जिल्लाको झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
    देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
    सोही ठाउँ बस्ने बस्ने २१ वर्षीय समिर बस्नेत र २९ वर्षीय प्रकास बिस्ट रहेका छन् । इलाका प्रहरी
    कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    बर्दिया जिल्लाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
    पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ
    पर्नेहरूमा गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २१ वर्षीय युवराज वली क्षेत्री र ३० वर्षीय कृष्ण
    बहादुर वली रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही
    बोर्डरबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका युवराजलाई २ सय ३० मिलिग्राम र कृष्णलाई ३०
    मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij