आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्रीको राजीनामाको माग लिएर फेरि आन्दोलन शुरु हुन्छ -राजेन्द्र लिङ्देन

  • प्रकाशित मिति : बुधबार, चैत्र २८, २०८०



  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

    मंगलवार काठमाडौँका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरूमा थपिएको बताएका छन्।

    उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरूलाई छानिछानी आक्रमण गर्न लगाएको आरोप लगाए । उनले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए ।

    उनले आफूहरूले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरूमा समावेश गरेको बताए । उनले राप्रपाले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरीत रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताए ।

    उनले भने, ‘गृहमन्त्रीले लक्षित गरेर निषेधित क्षेत्र भन्दा बाहिर रहनुभएका हाम्रा माननीय बुद्धिमान तामाङलाई आक्रमण गरी घाइते भएको कुरा छ । अब यो सरकारको विरुद्ध यो गृहमन्त्रीको राजीनामाको माग लिएर फेरि आन्दोलन शुरु हुन्छ, दमनको विरुद्ध अझ बलियो भएर लाग्छ । निषेधित क्षेत्र मात्रै तोड्ने भनेका हौँ, कुनै तोडफोड गर्ने भनेका थिएनौँ । यो निषेधित क्षेत्र संविधानअनुसार छैन । संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको छ । ४० बुँदे माग त छँदै छ, यो बर्बर दमन गर्ने र लखेटिलखेटि र छानिछानी आक्रमण गर्ने गृहमन्त्रीको राजीनामा थपिएको छ ।’

    उनले सरकारले तोकेको निषेधित क्षेत्रहरू संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताए । ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको हो ।

    सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जाने क्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij