आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तान र पाकिस्तान बाढीको चपेटामा

  • प्रकाशित मिति : सोमवार, बैशाख ३, २०८१



  • एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढी र चट्याङ लागेर ३३ जनाको मृत्यु भएको छ । वर्षा र बाढीका कारण सयौं घर डुबानमा परेका छन् ।

    अफगानिस्तानको प्राकृतिक प्रर्वधन मन्त्रालयका अनुसार राजधानी काबुल लगायत अन्य प्रान्तहरु बाढीको चपेटामा परेका छन् । बाढीले अफगानिस्तानको फराह, हेरातका हजारौं नागरिक बिस्थापित भएका छन् ।

    अफगानिस्तानको ३४ प्रान्तमा भारी बर्षाको सम्भावना रहेको भन्दै सो प्रान्तका सर्वसाधारणलाई सचेत रहन अपील जारी गरिएको छ । बाढीले यातायात सेवा समेत अवरुद्ध भएको छ ।

    उता पाकिस्तान पनि बाढीको चपेटामा परेको छ । पाकिस्तानमा बाढीमा परि २४ जनाको मृत्यु भएको छ भने वर्षाका कारण हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । वर्षाले २ सय ५० भन्दा बढी पशु चौपाया पनि मारिएका छन् ।

    वर्षाका कारण पाकिस्तानको पंजाव प्रान्त बढी प्रभावित बनेको छ । पाकिस्तानका मौसमविद्हरुले भारी वर्षा अझै केही दिन रहने भएकाले सचेत रहन अपिल गरेका छन् । पाकिस्तानमा वर्षेनी बाढीमा परि सयौंको मृत्यु हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij