शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘बोक्सीको घर’ बन्यो केकीको करिअरमा उत्कृष्ट ओपनिङ गर्ने फिल्म

  • प्रकाशित मिति : आइतवार, बैशाख १६, २०८१



  • काठमाडौं । ‘बोक्सीको घर’ अभिनेतृ केकी अधिकारीको करिअरमै उत्कृष्ट ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो सप्ताहन्त यो सोसल–थ्रीलर ड्रामाले घरेलु बक्स अफिसमा आक्रामक सुरुवात गर्‍यो ।

    फिल्मले शुक्रबार र शनिबार देशब्यापी २ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी टि-फोकले जनाएको छ । कूल २५० शोजमध्ये डेढसय शो हाउसफूल रहेको उल्लेख छ । फिल्मले दुई दिनमै लगानी सुनिश्चित गरेको जनाइएको छ । शनिबार देशभरका हलको अकुपेन्सी ८० देखि शतप्रतिशत देखियो ।

    शुक्रबार मध्यान्हदेखि फिल्मले पिकअप लिएको थियो । शनिबार काठमाडौं र मोफसल टेरिटोरीका दुबैतर्फको अकुपेन्सी लगभग समानजस्तो देखियो । काठमाडौंसहित पोखरा, नारायणगढ, बुटवल, बिराटनगर, विर्तामोड र इटहरीमा फिल्मको अकुपेन्सी उच्च देखियो ।

    निर्मात्री तथा अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारती ।
    ट्रेलर र गीतबाट फिल्मले पाएको हाइपको प्रभाव ओपनिङमा देखिएको अनुमान छ । ‘बोक्सीको घर’ केकीको लिड रोल रहेको र यति आक्रामक ओपनिङ गरेको पहिलो फिल्म हो । बजारीकरणको शैली, कन्टेन्ट प्रवाह र हाइपको मद्दतमा फिल्मले यति बलियो ओपनिङ गरेको अनुमान छ ।

    तर, विकडेज (आइतबारदेखि) फिल्मले कस्तो प्रदर्शन गर्नेछ भन्ने कुरा अब अब विशुद्ध ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । ‘बोक्सीको घर’लाई व्यवसायिक भविष्यको लागि विकडेज महत्वपूर्ण हुनेछ । आइतबार र सोमबारको अकुपेन्सीले यसको आगामी साताको चित्र स्पष्ट पार्नेछ ।

    समग्रमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । शनिबार ‘बोक्सीको घर’ हेर्न महिला दर्शकको घुइँचो लागेको देखियो । नेपाली समाजको यथार्थ मनोविज्ञान र त्यो सँग जोडिएको महिला संवेदनासँग फिल्मको सम्बन्ध देखिन्छ । ‘बोक्सीको घर’को यो आक्रामक ओपनिङले अब स्टार हैन, स्क्रिप्ट हिरो भन्दैछ भन्ने पुष्टि गर्छ ।

    ‘बोक्सीको घर’लाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । केकीले यसमा शीर्ष चरित्र निर्वाह गरेका छन्। सुपला सापकोटा, श्वेच्छा राउत पनि प्रमुख भूमिकामा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij