शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फलफूलको बाकसभित्र ९८ लाख, सुन तस्करीमा संलग्नसहित दुई जना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०८१



  • काठमाडौंबाट स्रोत नखुलेको ९८ लाख नगद रुपैयाँसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका वडा नम्बर ५ मालिगाउँ क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

    उनीहरूलाई बिहीबार दिउँसो गाडीसहित पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

    पक्राउ पर्नेमा रूपन्देही सियारी गाउँपालिका वडा नम्बर ७ बस्ने २९ वर्षीय मिलन विक र २८ वर्षीय समिर सुनार छन्।

    उनीहरूले स्रोत नखुलेको रकमको कारोबार गरिरहेका छन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो।

    मिलन र समिर बा १३ च ४८५८ नम्बरको कारमा सवार थिए। उक्त कार मिलनको नाममा थियो।

    उनीहरूलाई पक्राउ गर्न जाँदा प्रहरीले गाडीभित्र फलफूलको बाकस फेला पारेको थियो। जसलाई टेपले बेरेर बन्द गरेर राखिएको थियो। त्यस बाकसभित्र ९८ लाख रुपैयाँ फेला परेको हो।

    त्यसपछि प्रहरीले गाडी र नगदसहित उनीहरूलाई कार्यालयमा ल्यायो।

    प्रहरीका अनुसार उनीहरूले यो रकम हुण्डीको कारोबारका लागि प्रयोग गर्ने गर्थे। उनीहरूले हुण्डीको कारोबार गर्न ह्वाट्स एपमार्फत् कुराकानी गर्थे। मोबाइल जाँच गर्दा उनीहरूले हुण्डीसँगै सुनको अवैध कारोबार सम्बन्धी कुराकानी गरेको समेत पाएको छ।

    बरामद गरिएका रकममध्ये केही रकम भने विभिन्न व्यक्तिहरूको बैंक खातामा जम्मा समेत गर्न जान लागेको प्रहरीले जनाएको छ।

    उनीहरूले उक्त रकम बुटवल लैजान लागेको प्रहरीसमक्ष बताएका छन्। हुण्डीको रकम ओसारपसार गर्न उनीहरूले ‘कोड’को रूपमा पाँच रुपैयाँको नोट प्रयोग गर्ने गरेको पनि एसएसपी भट्टराईले बताए।

    ‘पाँच रुपैयाँको नोटलाई आधा आधा बनाएर एउटा टुक्रा पैसा लैजाने र अर्को टुक्रा अर्कोसँग हुने गरेको देखियो,’ उनले भने, ‘अब यसबारे थप अनुसन्धान हुन्छ।’

    एसएसपी भट्टराईका अनुसार पक्राउ परेका मिलन दोलखामा गत असोज १० गते बरामद भएको ११.५ किलो अवैध सुनको पैठारी र संगठित अपराध कसुरमा फरार प्रतिवादी समेत हुन्। त्यस्तै उनीमाथि सम्पत्ति शुद्धीकरणले समेत अनुसन्धान गर्न सक्ने प्रहरीको भनाइ छ।

    प्रहरीले उनीहरूबाट नगद, गाडी, मोबाइलहरू बरामद गरेको छ।

    उनीहरूमाथि संशोधित मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाउने तयारी गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij