शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मीनबहादुर गुरुङको ठूलो दान, भगवान कोइराला नेतृत्वको बाल अस्पताललाई ४१ करोड सहयोग

  • प्रकाशित मिति : शनिबार, बैशाख २९, २०८१



  • काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ नेपालकै इतिहासमा ठूलो दान गर्ने दानी मानिस बनेका छन् । गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

    कोइरालाको नेतृत्वमा काठमाडौँसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।

    शुक्रबार निर्माणाधीन अस्पताल क्षेत्र काठमाडौँको हेपाली हाइटमा पुगेर गुरुङले डा. कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

    उनले डा. कोइरालालाई आफू घरमा पनि केही नभनी यो क्षेत्रमा आएको र आइसकेपछि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बताए ।

    डा. कोइराला भने निकै भावुक बन्दै यो निकै ठूलो रकम भएको भन्दै यसले शून्यबाट शुरु गरेको योजनामा कायापलट गर्ने दाबी गरे ।

    डा. कोइरालाले काठमाडौँसहित सात वटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । अहिलेसम्म कोशी प्रदेशको झापास्थित दमकमा रहेको बाल अस्पताल एक वर्षअघि नै सम्पन्न भएर दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको कोइरालाले बताए ।

    गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन् ।

    गुरुङले सम्पूर्ण खर्च भाटभटेनीले बेहोर्ने गरी अहिलेसम्म रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij