शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रहेनन् पूर्वउपमुख्यमन्त्री सुशील मोदी

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०८१



  • काठमाडौँ । भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । क्यान्सरसँग लडिरहेका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए ।

    सुशील कुमार मोदीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव, तेजस्वी यादवलगायतका नेताहरूले गहिरो शोक व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘पार्टीमा मेरा अमूल्य सहकर्मी र दशकौंदेखि मेरा साथी सुशील मोदी जीको असामयिक निधनबाट अत्यन्तै दुखी छु। बिहारमा भाजपाको उदय र सफलतामा उनको अमूल्य योगदान रहेको छ। आपतकालको कडा विरोध गर्दै उनले विद्यार्थी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।’

    लालु यादवले मोदीको निधनमा दुःख व्यक्त गर्दै आफू विगत ५१–५२ वर्ष अर्थात पटना विश्वविद्यालय विद्यार्थी युनियनको समयदेखिको साथी रहेको लेखेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij