आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज बजेट सार्वजनिक हुँदै

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०८१



  • काठमाडौं। सोह्रौ पञ्चवर्षीय योजनाको कार्यदिशा र वार्षिक नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ। यसका लागि संघीय संसदको संयुक्त बैठक आज १ बजेका लागि बोलाइएको छ।

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ। संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन्।

    प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

    यसैगरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij