शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

महिला प्रहरीको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणा श्रोत : IGP कुँवर

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १७, २०८१



  • प्रहरी महानिरीक्षक IGP  बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताउनुभएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको
    भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  IGP कुँवरले उक्त कुरा बताउनुभएको हो ।

    सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Women Police Gallery को
    उद्‌घाटन समेत गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी
    अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गर्नुभयो ।

    प्रहरी कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र
    जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको रूपमा उपस्थित हुनु खुसी र गर्वको विषय रहेको बताउनुभयो । समाजका अप्ठ्यारा र बाधालाई परास्त पार्दै काममा तल्लीन महिला प्रहरीहरूले समग्र महिलाहरूलाई साहसी, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता मात्र होइन खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्मेलनतथा समारोहमा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्र र प्रहरी संगठनको शीर उच्च पार्न महिला प्रहरी कर्मचारीहरू सफल रहेको उहाँले चर्चा गर्नुभयो ।

    कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान
    विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले महिला प्रहरीको नेतृत्व विकासमा उठेका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला प्रहरीको सहभागिताले शान्ति सुरक्षामा योगदान पुगेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय, राष्ट्रिय
    मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगका सहसचिवहरूका साथै विभिन्न संघ
    संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिकाका विषयमा आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

    प्रहरी निरीक्षक मनिषा बुढाथोकीले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व
    विकास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूबीच नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी खुल्ला छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

    नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा
    निर्देशनालयद्वारा आयोजित अन्तरक्रियामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पूर्व प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij