आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमानले प्रहार गरेको तरकारी पकाउने कराहीबाट श्रीमतीको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २७, २०८१



  • दाङ/दाङमा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
    गत जेठ २४ गते राती करिब ९ बजेतिर श्रीमानले श्रीमतीलाई तरकारी पकाउने कराही प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
    गढवा गाउँपालिका–२, पचहिया निवासी २१ वर्षिया कमला चौधरीको मृत्यु भएको हो । कमलाको आज बिहान ८ बजे क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।
    २६ वर्षिय रन्जित चौधरीले आफ्नै श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
    श्रीमान रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटना के कारणले भएको भन्ने नखुलेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij