आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिट फिल्मको खोजीमा अक्षयकुमार

  • प्रकाशित मिति : मङ्लबार, असार ४, २०८१



  • काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमार बक्स अफिसमा लगतार फिल्म फ्लप भएपछि हिट फिल्मको खोजीमा रहेका छन् ।

    उनको अघिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा खराब प्रदर्शन गरेको थियो । यस फिल्मले भारतीय बक्स अफिसमा ५९ करोड मात्र कलेक्सन गरेको थियो । ठुलो बजेटमा बनाइएको बनिएको यो फिल्म फ्लप भएको थियो । यस फिल्मको बजेट साढे ३ सय करोड भारु रहेको बताइएको छ ।

    यसअघि उनको २०२३ को अक्टोबरमा रिलिज भएको ‘मिशन रानीगञ्ज’ पनि फ्लप भएको थियो । यस फिल्मले बक्स अफिसमा केवल ३३ करोड मात्र कमाई गरेको थियो । यो फिल्मले पनि आफ्नो लागत उठाउन सकेन । यसको लागत ५५ करोड भारु बताइएको छ ।

    त्यसैगरी २०२३ को फेब्रुअरीमा रिलिज भएको फिल्म सेल्फी पनि फ्लप भएको थियो । करिब सय करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा केवल २३ करोड मात्र कमाएको थियो ।

    त्यस्तै २०२२ को अक्टोबरमा रिलिज भएको अक्षयकुमारको रामसेतु पनि बक्स अफिसमा फ्लप भएको थियो । १५० करोडको लागतमा बनेको यो फिल्मले केवल ९२ करोड मात्र कमाएको थियो ।

    यसरी लगातार फिल्म फ्लप भएपनि उनका नयाँ फिल्म आउने क्रम रोकिएका छैनन् । अक्षय कुमारको आगामी फिल्महरूमा ‘सरफिराु’ ‘खेल खेल मेुं, ‘वेलकम टु द जङ्गल’ र ‘स्काई फोर्स’ समावेश छन् । त्यस्तै उनी ‘सिंघम अगेन’ मा पनि देखिनेछन्, तर फिल्म मुख्यतया अजय देवगनको चरित्रको वरिपरि घुम्ने भएकाले यसमा उनको भूमिकाका लागि क्रेडिट पाउने सम्भावना देखिदैन ।

    सिरफिरा

    ‘सरफिरा’ जुलाई ज्ञद्द मा रिलीज हुनेछ । यो फिल्म सूर्या स्टारर फिल्म ‘सूरराई पोत्रु’ को हिन्दी रिमेक हो । यो फिल्म पनि सुधा कोंगाराले नै निर्देशन गरेकी थिइन् भने हिन्दी रिमेक पनि उनले नै निर्देशन गरेकी हुन् । ‘सराफिरा’ मा अक्षय कुमारसँगै राधिका मदान र परेश रावल पनि देखिनेछन् । यो फिल्मले कमल हसनको ‘इन्डियन २’सँग प्रतिस्पर्धा गर्नेछ ।

    खेल खेल मे

    अक्षय कुमारको अर्को फिल्म ‘खेल खेल मे’ अगस्त १५ मा रिलिज हुदै छ । यस फिल्ममा तापसी पन्नु, वाणी कपूर, फरदीन खान र आदित्य सिलले पनि अभिनय गरेका छन् । यो कमेडी फिल्म हो । यो फिल्मको अगाडिको चुनौती कम छैन, किनकि जोन अब्राहमको ‘वेद’ र राजकुमार राव र श्रद्धा कपूरको ‘स्त्री २’ सँगै रिलिज हुँदैछ ।

    स्काई फोर्स

    अक्षय कुमारको ‘स्काई फोर्स’ अक्टोबर महिनामा रिलिज हुँदैछ । यो फिल्मलाई सन्दीप केलवानीले निर्देशन गरेका हुन् । यो एक एक्सन फिल्म हो, जुन भारतीय सेनाले गरेको पहिलो हवाई हमलामा आधारित छ । यो अक्टोबर २ मा रिलीज हुने यस फिल्ममा अक्षय कुमारका अलावा वीर पहाडियाले पनि काम गरेका छन् ।

    वेलकम टू द जंगल

    ‘वेलकम टु द जंगल’ वर्षको अन्तिम महिना अर्थात डिसेम्बरमा रिलिज हुनेछ । जसलाई अहमद खानले निर्देशन गरेका हुन् । यो कमेडी फिल्म हो, जुन ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग हो । ‘वेलकम टु द जङ्गल’ मल्टिस्टार फिल्म हो, जसमा अक्षय कुमार बाहेक अर्शद वारसी, लारा दत्त, जोन अब्राहम, परेश रावल, रविना टण्डन र दिशा पटानी लगायतका कलाकारहरु देखिनेछन् । तर, मिडिया रिपोर्टका अनुसार यो फिल्मको रिलिज मिति परिवर्तन गरेर २०२५ मा धकेलिन सक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij