आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पशुपति क्षेत्र विकास कोषको सूचनाप्रति तिलगंगाका स्थानीयको आपत्ति

  • प्रकाशित मिति : मङ्लबार, असार ४, २०८१



  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको जग्गा १५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । कोषले सम्झौताबमोजिम बस्ती स्थानान्तरण नगरेरै हटाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ८, तिलगंगाका स्थानीय दीपकप्रसाद गौतमले उक्त बस्तीका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको दाबी गरे ।

    ‘पशुपति क्षेत्र विकास कोषको एकाग्रही तरिकाले १५ दिने सूचना भनेको छ, उसले ०७७ सालमा निकालेको सूचना ३५ दिने भनेर लागेको छ । त्यो बेलामा पनि हामी प्रतिनिधिसहित आउँदा कार्यान्वयन गर्छौं भनेको हो’, उनले भने, ‘यिनीहरु आफूले गरेको कुराहरु ०७१ सालदेखि विभिन्न मितिमा गरेका विषयमा उनीहरु आफू कार्यान्वयन गर्न नसक्ने र जनतालाई दुःख दिने ?’

    गौतमले अगाडि भने, ‘हामीलाई स्थानान्तरण गर्नुपर्ने ठाउँको जग्गा देउ, हामी चाँडो जान्छौँ भन्दा पनि उनीहरुले १० औं वर्षसम्मा आन्तरिक विवादमा काम गरेका छैनन् । १५ दिनभित्र तुरुन्त हटेर जा भनेको छ, हामी त्यसकै विरोधमा आएका छौँ ।’

    अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरु कहीँ नजाने बताए । ‘१५ दिनभित्र घर छोडेर जा भनेर भनियो । तर हामी तयारीमा छौँ । उनीहरुले जग्गा दिनुपर्छ । जग्गा दिएको भोलिपल्ट नै छोडेर जान्छौँ’, उनले भने ।

    तिलगंगा (बि १३) मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड (बि ३) क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भएपनि हालसम्म जग्गा उपलब्ध गराउन नसकेको स्थानीयको भनाइ छ । कोषले असार १ गते ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij