प्रकाशित मिति : बुधबार, असार १२, २०८१
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्र ०८१/८२ का लागि चिकित्सा शिक्षाको शुल्क निर्धारणको तयारी थालेको छ । यसअघि शैक्षिक सत्र ०७८/७९ का लागि चिकित्सा शिक्षाअन्तर्गत ०७९ जेठमा शुल्क सार्वजनिक गरिएको थियो ।
नयाँ शैक्षिक सत्रका लागि भदौमा शुल्क सार्वजनिक गर्ने तयारी गरिएको आयोगका उपसचिव टीकाराम शर्माले जानकारी दिए । शुल्क निर्धारणका लागि शुल्क निर्धारणसम्बन्धी समितिले गृहकार्य गरिरहेको उनको भनाइ छ ।
यसपटक शुल्क वृद्धि गर्ने वा नगर्ने भन्नेबारेमा भने टुंगो लागिसकेको छैन । ‘विद्यार्थी अलमलमा परेपछि पुरानो शुल्क निर्धारणको तथ्यांक मंगलबार बेवसाइटमा राखेका छौँ, तर नयाँ शुल्क निर्धारण भएको छैन,’ उनले भने, ‘हाल कार्यदलले काम गरिरहेको छ ।’ शुल्क निर्धारणलाई व्यवस्थित बनाउन कार्यविधिसमेत बनाउने तयारी गरिएको आयोगले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij