आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्वारखोला पुल नजिकै मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु, अर्का घाइते

  • प्रकाशित मिति : शनिबार, असार १५, २०८१



  • तुलसीपुरको ग्वारखोला पुल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

    पछाडि सवार ब्यक्ति घाइते छन् ।

    तुलसीपुर उपमहानगरपालिका – १६ का २० बर्षीय सागर नेपालीको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा गएराति मृत्यु भएको छ ।

    मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ बर्षीय ताराबहादुर धिताल घाइते रहेको र उनी प्रहरीको निगरानीमा रहेको प्रहरीले बताएको छ ।

    पुकार पसल चोकबाट तुलसीपुर उपमहानगरपालिका – १२ ग्वारखोला पुल तर्फ जाँदै गरेको रा ३ प ३७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको थियो भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

    मोटरसाइकल झन्डै १५ मिटल तल खसेको प्रहरीले जानकारी दिएको छ । पछाडि सवार ब्यक्ति प्रहरीको निगरानीमा तुलसीपुरमै उपचाररत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij