आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारी जागिरे भएर पनि केटी पाइएन!

  • प्रकाशित मिति : शनिबार, असार १५, २०८१



  • म सानै हुँदा घरमा कुरा गर्नु हुन्थ्यो, पल्लाघरे कान्छाले त अधिकृत केटीसँग बिहा गरेछ, कति गज्जबको जोडी कान्छो पनि अधिकृत कान्छी बुहारी पनि अधिकृत त्यो घरमा खुसी नै खुसी त्यस्तो भए पो रमाइलो हुन्थ्यो।

    मलाई लाग्थ्यो घरमा खुसी भित्र्याउनु छ भने कि आफू सरकारी जागिरे हुनुपर्यो कि केटी सरकारी जागिरे हुनुपर्यो।

    क्रमश: म ठूलो हुँदै गएँ। ठूलो हुँदै जाँदा मेरो पढाइले पनि फड्को मार्दै गयो। मैले प्लस टु व्यवस्थापन संकाय लिएर उत्तीर्ण गरेँ अनि दमक बहुमुखी क्याम्पसमा पुनः बि.बि.ए विषय लिएर पढ्न सुरू गरेँ।

    सुरूका दिनहरू रमाइलोसँगै बित्दै गए। बिस्तारै पहिलो सेमेस्टर सकेर दोस्रो, दोस्रो हुँदै तेस्रोमा पुगेँ। आफू जति ठूलो हुँदै थिएँ, सपनाहरू पनि बढ्दै गए अनि मेरा मनका भावना पनि सँगैसँगै बढ्दै गए।

    मेरा उमेरका प्राय: सबै साथीहरू प्रेम सम्बन्धमा थिए। कोही प्रेमी नभएको केवल म मात्र थिएँ।

    सबै साथीहरू छुट्टीमा डेटिङ जाने कार्यक्रम बनाउँथे अनि म उनीहरूको बडिगार्ड बनेर जानुपर्थ्यो। धेरै पटक त मेरो मिल्ने साथी केशवको डेटिङमा साथी बनेर गएको थिएँ।

    ऊ मेरो छिमेकी साथी थियो। धेरै कुराहरू ऊसँग मात्र सेयर गर्ने क्षमता राख्थेँ। उसले मन पराउने प्रेमिका हाम्रै कलेजमा पढ्ने जुनियर थिई। राम्री थिई केशवसँग उसको जोडी खुब मिल्थ्यो।

    सुरूका दिनहरूमा केशवले मेरो कल जतिबेला नै पनि उठाउने गर्थ्यो तर केही समय यता उसले मेरो कल उठाउन समेत भ्याउन छाड्यो।

    म भने ऊसँग रिसाउने गर्थें।

    ‘केटी पाएसी आफ्नै साथीलाई बिर्सिने कस्तो होस यार?’

    उसले जबाफ दिन्थ्यो, ‘तँ पनि सक्छस् भने गलफ्रेन्ड बनाएर देखा।’

    यो सिलसिला निकै समयसम्म चल्यो।

    मलाई उसले त्यसरी जिस्क्याएको पटक्कै मन पर्दैन थियो। मलाई पनि झोंक चल्यो। मैले पनि रहर गरे अनि हिम्मत पनि तर रहर र हिम्मतले मात्र नहुने रैछ। मलाई त चाहिएको थियो संस्कारी अधिकृत हुने केटी तर समय त विदेशी केटा हेर्नेमा पुगिसकेको थियो।

    मेरो रहर रहरमा मात्र सीमित भयो घरमा भन्नु हुन्थ्यो, ‘पढ्नुञ्जेल चाहिँ दायाँबायाँ आँखा नलगाएस्। पढेसी केटीको लाइन लाग्छ।’

    यति हौसला मात्र थियो मसँग। यही हौसला बोकेर साथीहरूको डेटिङमा फोटोग्राफर बनेरै ब्याचलर सकियो। ब्याचलर (3.70) जि.पि.ए सहित सकियो। त्यो निकै राम्रो नम्बर थियो।

    केशवले पनि पास गर्यो तर उसले मेरो जति जि.पि.ए ल्याएन। उसले लोक सेवा तयारी गर्न खोजेन तत्काल क्यानडा गयो। तर मेरो सपना त अधिकृत हुने थियो मैले लोक सेवा तयारी गरेँ। पहिलोपटकमा नाम निस्केन। फेरि प्रयास गरेँ अनि दोस्रो पटकमा नाम निस्कियो।

    नाम निस्किएसँगै घरमा बिहेको कुरा चल्यो।

    ‘यत्रो ठूलो भैइस केटी त आफै खोज्या होलास् नि? अब घरजम गर्ने जमर्को गर,’ आमाले कराउनु भयो।

    पहिला चाहिँ राम्रोसँग पढ भन्ने अनि अहिले चाहिँ खोज्या होलास् भन्दा मलाई रिस उठ्यो।

    ‘कहाँ खोज्नु पढाइ बिग्रेला भन्ने डर थियो केटी हेर्या छैन मैले,’ मैले ठूलो स्वरमा भनेँ।

    उता कुनामा बा मुसुमुसु मुस्कुराउँदै हुनुन्थ्यो।

    मेरा लागि बाले केटी हेरिसक्नु भएको रहेछ।

    अधिकारी पण्डितकी छोरी अधिकारी पण्डितको नाम निकै चल्तीमा थियो त्यहाँ माथि उसकी एक्ली छोरी रहिछ।

    ‘ऊ बेलामा केटी हेर्या भए यति दुख हुने थिएन,’ आमा बर्बराइरहनु भएको थियो।

    भोलिपल्ट बिहानै बा, म अनि काका पण्डित बाको घरतिर लाग्यौं। उनको घर झापाको चारआलीमा पर्थ्यो। झापा मोरङ सुनसरीसम्म उनको निकै चर्चा सुनिन्थ्यो।
    हामी पण्डित बाको घरमा पुग्यौं र नमस्कार गर्यौं।

    उताबाट पनि नमस्कार आयो।

    बा र काकाले कुरा सुरू गर्नुभयो। आँगनीमा बसेर कुरा हुन थाल्यो।

    मलाई केटी हेर्न हतार भैसकेको थियो। केटीले चिया लिएर बाहिर आइन्। ४ जनाकै हातमा चिया दिइन्। त्यसपछि बाहरूको निधो भयो। पण्डित बाले पनि नाइँ भन्न सकेनन्।

    ‘अब हुर्केकी छोरी हो। यही वर्ष ब्याचलर पनि सकेकी छे। छोरिीको जातनै अर्काको घर जाने हो अब केटो अधिकृत भएपछि हामीलाई कुनै डर भएन।’

    बाले इसारा गर्दै सोध्नुभयो, ‘केटी मन पर्यो?’

    मैले लजालु पाराले भनेँ, ‘उम् बा मलाई मन्जुर छ।’

    बाले हाँस्दै पण्डित बालाई भन्नुभयो, ‘केटो त खुसी छ। बरू तपाईंकी छोरीको विचार सुन्न पाए हुन्थ्यो।’

    पण्डित बाले छोरीलाई सोध्नु भयो।

    केटीले एक्लैमा कुरा गर्ने इच्छा जाहेर गरेकी रहिछ।

    बाहरू गफ गर्न थाल्नु भयो। खुसीको माहोल थियो। म पनि खुसी नै थिएँ अधिकृत भएको थिएँ, राम्रो जि.पि.ए आएकै थियो केही डर थिएन। तर कसैलाई अत्तोपत्तो थिएन खुसीले ठूलो हावाहुन्डरी ल्याउँदै थियो।

    हामी घरको छतमा गयौं। कुरा सुरूमा उसैले सुरू गरिन्, ‘अधिकृत हुनुहुँदो रहेछ हेर्दा राम्रो नि हुनुन्छ कति जनासँग चक्कर चलेको थियो नि?’

    उनको यस्तो प्रश्नले मन सिरिंग भएर आयो, ‘हाहा! राम्रो हुँदैमा कहाँ सबैको लभ पर्छ, आजसम्म एउटा पनि छैन अनि तपाईंको नि?’

    ‘मेरो पनि छैन तर मलाई यो बिहे गर्नु छैन’

    उसको उत्तरले म अक्कवक्क भएँ।

    ‘मलाई नेपाल बस्ने केटासँग बिहे गर्नु छैन।’ उसको उत्तर छोटो थियो अनि स्पष्ट पनि।

    ‘तपाईं बिहेपछि क्यानडा जाने भए मात्र बिहे गर्छु नभए तपाईं जान सक्नु हुन्छ।’ उसको उत्तरले म रन्थनिएँ।

    केही बोल्न सकिनँ। म खुरूखुरू तल झरेँ। बालाई सबै कुरा भने ऊ पनि तल आएर बिहा गर्दिनँ भनेर माथि चढी।

    खुसीले भरिएको मुहारमा एकाएक बादल लाग्यो। हामी निरास अनुहार लिएर घर फर्कियौं।

    बाटोमा सोचेँ यत्रो पढाइ गरेँ, अधिकृत पनि भएँ तर पनि बिहे गर्न एन.आर.एन हुनुपर्ने, कस्तो जमाना हो यो? नेपालमा बस्ने चाहिँ बिहे नगरी बस्नु पर्ने? कस्तो चलन आयो।

    यति सोचेर म सधैंको जस्तै आफ्नो काममा जान थालेँ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij