आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरोले गोठ भत्किदा ३१ खसी–बाख्रा मरे

  • प्रकाशित मिति : शुक्रबार, असार २८, २०८१



  • गोविन्द खड्का,घोराही । भारी वर्षातका कारण पहिरोले गोठ भत्किदा बुधबार राति घोराही–१९ मा ३१ खसी बाख्रा मरेका छन् । अरु दुईवटा बाख्रा घाइते भएका छन् ।

    दुईखोलीका नवीन बुढाको घरमाथिबाट आएको पहिरोले गोठ ढल्दा पुरिएर २० वटा खसी बाख्रा मरेको घोराही उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिनुभयो । यसैगरी राम्चेका रविलाल कामीको घरमा पनि माथिबाट झरेको लेदोले गोठ पुरिदा ११ वटा खसी बाख्रा मरेका छन् । दुईवटा बाख्रा घाइते भएका छन् । स्थानीयले सातवटा खसी बाख्रा भने जीवितै उद्धार गर्न सफल भएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । बुढा र कामीका गरी बुधबार राति ३१ खसी बाख्रा मरेका हुन् । खसी, बाख्रा मरेपछि लाखौंको क्षति भएको छ ।

    यसैगरी तोसका शिवप्रसाद रानाको घरमाथिबाट आएको पहिरोले पसलको सामान र लत्ताकपडा पुरेको छ भने पाखापानीका जगमान पुनको घरमा खानीगाउँ खोलीगाउँतिरबाट आएको लेदो पसेको छ । घरभित्र पसेको लेदोले बस्नै नसकिने गरी क्षति पु¥याएको पीडितले बताउनुभयो । यसैगरी चरिवाङका नीमा भण्डारीको घर मुनिको ढिक खस्दा घर जोखिममा परेको छ । घरमा बस्नै नसकिने अवस्था रहेको पीडितले बताउनुभयो । भण्डारीको घर भत्किने खतरामा रहेको छ । यस्तै वडा नं. १९ कै पाँच पोखरीका नन्दराम घर्तीको र तोसका मोहन बुढाको घर पनि केही दिनअघिको वर्षात्ले भत्किएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

    यसैगरी पहिरोले सैघा प्रवेश गर्ने सबै सडक बन्द भएका छन् । आवागमन बन्द भएपछि जनजीवन कष्टकर अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ‘वडामा आउने सबैतिरका सडक बन्द छन्’– अध्यक्ष रायमाझीले भन्नुभयो– ‘विद्युत पनि अवरुद्ध भएको छ ।’ उहाँका अनुसार कोही विरामी भए एम्बुलेन्स, मोटरसाइकल अटो चल्ने अवस्था छैन । कसैका पनि मोबाइल चार्ज गर्न सकिएको छैन ।

    यसैगरी कटुवाखोला सतिघाटमा आएको वाढीले काठेपुलको फल्याक बगाएको छ । पुल चढ्न नसकिने खोला तर्न पनि नसकिने भएको छ । घोराही, कटुवाखोला, पलासे हुँदै १९ नम्बर वडा कार्यालय जाने बाटो बन्द भएको छ । त्यस सडकमा पर्ने विद्युतका पोल ढलेका छन् । विद्युतका तारहरु भुईंमा लत्रेका छन् । त्यसकारण वडाका कुनै पनि गाउँमा बत्ती छैन । त्यस बारेमा विद्युत कार्यालयमा जानकारी गराएको तर तुरुन्तै मर्मत गर्न सकिने अवस्था छैन ।

    ‘अघिल्लो पटक भत्केको सडक भर्खर मर्मत गरेका थियौं’– अध्यक्ष रायमाझीले भन्नुभयो– ‘हिजोको वर्षात्ले झन बर्बाद बनायो । बाटो मर्मत गरेका ठाउँमा झन् ठूलो पहिरो आएको छ ।’ उहाँका अनुसार शहीदमार्गबाट दुईखोली हुँदै सैघा जाने बाटो पनि ठाउँ ठाउँमा पहिरोले बन्द गरेको छ । यसैगरी स्यूजा, खारा, मर्फेस हुँदै सैघा जाने बाटो पनि अवरुद्ध छ । यस पटकको वर्षात्ले निकै ठूलो क्षति गरेकोले वडाले स्थलगत अनुगमन गरिरहेको अध्यक्ष रायमाझीले बताउनुभयो । यसैगरी बुधबार रातिको वर्षात्ले दुईखोलीमा जाली बगाइदिएको घोराही उपमहानगरपालिकाका विपत् व्यवस्थापन शाखाका मदन वलीले जानकारी दिनुभयो । उहाँका अनुसार जाली बगाउँदा भल अनियन्त्रित भई खेतमा पसेको र वस्ती बगाउने जोखिम देखिएपछि बिहीबार बिहान छ बजे डोजर लगाएर खोला ढल्काइएको छ । सेवारखोलाले ठाउँ–ठाउँमा कटान गरेर खेत, विद्युतका पोललगायत विभिन्न संरचनामा क्षति गरेको छ । पीडितहरुलाई सिफारिससहित रोकथाम तथा क्षतिपूर्तिका लागि उपमहानगरमा आउन आग्रह गरिएको वलीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij