आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थायी सरकारका रूपमा काम गर्न कर्मचारीतन्त्र र सुरक्षा निकायलाई प्रधानमन्त्री दाहालको आग्रह

  • प्रकाशित मिति : आइतवार, असार ३०, २०८१



  • काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्।

    साथै उनले सबै उपायहरूको अबलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशनसमेत दिएका छन्। भेटमा प्रधानमन्त्री दाहालले सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्।

    दाहालले सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij