आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रवि र स्वर्णिमको गम्भीर एवं अक्षम्य खेलको खुलासा, मुकुललाई धम्की

  • प्रकाशित मिति : आइतवार, असार ३०, २०८१



  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकाल र सभापति रवि लामिछाने तथा उपसभापति स्वर्णिम वाग्लबीच सतहमा देखिने गरी विग्रह शुरु भएको छ ।
    ढकालले रवि लामिछाने र स्वर्णिम वाग्लेका ‘शंकास्पद’ गतिविधिबारे टेलिभिजनकै पर्दामा बोल्न थालेपछि सतहमा देखिने गरी विग्रह शुरु भएको हो ।

    शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबी गरे ।

    त्यस्तै उपसभापति वाग्लेले प्रधानमन्त्री बनाएमा भुटान वा सो सरहको अवस्थामा नेपाललाई पुर्याउन सहजीकरणको भूमिका खेल्ने बताएको भन्दै वाग्लेको भनाइलाई सार्वजनिक गरेका छन् ।

    सो कुरा सार्वजनिक गरेपछि आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको आरोप पनि लगाएका छन् ।

    शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन् ।

    ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेत काठमाडौँको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।

    त्यसपछि त्यही राति स्वर्णिम सचिवालयबाट कुट्ने धम्की आएको दाबी मुकुलले गरेका हुन ।

    उपप्रधान तथा गृहमन्त्री राजदूतलाई भेट्न होटेलमा जाने र आफूलाई प्रधानमन्त्री बनाए नेपाललाई नै उक्त देशको राज्य वा सम्प्रभुता सुम्पिन तयार रहेको भन्नु गम्भीर कुरा हो ।

    अनि देशको चौथो ठूलो दलका सांसद तथा उपसभापतिले सोही कुरा भनेको गम्भीर छ । यो विषयलाई संवादमा सहभागी भएका महामन्त्रीले खुलासा गर्नु तथा रवि र वाग्लेको तर्फबाट कुनै पनि प्रकारको प्रतिवाद भएको छैन ।

    स्वर्णिम वाग्ले र रवि लामिछाने लगाएतका नेताहरुले सत्ता प्राप्तिको खातिर भारतीय राजदूतलाई भेटेर नेपाललाई भारतीय राज्य मान्नसमेत तयार भएका रहेछन् भन्ने कुरा समान्य ढंगबाट आएको छैन ।

    यसलाई के भएको हो भनेर सोध्न हामीले स्वर्णिमलाई पनि सम्पर्क गर्ने प्रयास गरेका थियाँै तर उनको मोबाइल स्विच अफ छ । यही विषयलाई लिएर रास्वपाको आन्तरिक बैठक र छलफल चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij