शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उपत्यकाभित्र नदी किनारका सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

  • प्रकाशित मिति : मङ्लबार, साउन १, २०८१



  • Compressed by jpeg-recompress

    काठमाडौं। काठमाडौं उपत्यकाभित्र नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन बाटो खुलेको छ।

    न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३ गते गरेको आदेशको पूर्ण पाठमा सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्दै नदी किनारमा सुकुम्बासी भनी बसिरहेकाहरूमध्ये वास्तविक सुकुम्वासी यकिन गरी वैकल्पिक व्यवस्थापन गर्न भनेको छ।

    जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायण बेल्बासे, रमा पन्त खरेललगायत ६ जनाले दायर गरेको रिटमा गत पुस ३ गते भएको फैसलाको पूर्णपाठमा यस्तो आदेश छ।

    नदीमा प्रदूषण नियन्त्रणका मुख्य रूपमा ढल मिसाउन रोक्नुपर्ने अदालतको जोड छ। अदालतले सुकुम्बासीहरूको पहिचान गरी स्थानान्तरणका लागि हाल इचङ्गुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्न आदेश दिएको छ।

    ‘सुकुम्बासी स्थानान्तरणका लागि नागार्जुन नगरपालिका वडा नं. १ इचंगुनारायण क्षेत्रमा २३० घर परिवार बसोवास गर्न मिल्ने गरी एकीकृत भवन निर्माण भएको छ तर सो एकीकृत भवनमा नदी किनारामा घर टहरा बनाई बसेकामध्ये वास्तविक सुकुम्बासी परिवार पहिचान गरी उनीहरूलाई राखे कार्य हुन सकेको छैन। बरु स्थानीयहरूको अवरोधको कारण देखाई र कोही सुकुम्बासी बसोबास नगरेको भन्दै हाल उक्त भवनमा मानव सेवा आश्रम, वडा नं. १ को कार्यालय र प्रहरी बिटसमेत रहेको खुल्न आएको छ,’ आदेशमा भनिएको छ, ‘जुन प्रयोजनको लागि भवन बनेको हो, सोही प्रयोजनमा प्रयोग गरिनुपर्दछ। त्यसैले नदी किनारामा बसोवास गरी बस्नेमध्ये विकल्प नभएका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उक्त निर्मित आवासमा स्थानान्तरण गराउने र सो स्थानमा जान नचाहने वा आवासको अभावको कारण इचंगुनारायणमा व्यवस्थापन गर्न नसकिनेहरूको लागि नेपालको संविधानको धारा ३७(१) ले प्रत्याभूत गरेको बसोवासको हकलाई समेत मध्यनगर गरी मानवीयरूपमा आवासको लागि सहयोग पुग्ने रकम उपलब्ध गराई प्रथम चरणमा नदीको किनारा कायम गरी तटबन्ध, टेवा/सीमा पर्खाल निर्माण गर्न वा बाटो कायम गर्न रोक्ने घरटहरा र त्यसपछि चरणबद्ध रूपमा नदी किनारा र सडकबीचको हरियाली क्षेत्र ओगटेर बस्नेहरूलाई हटाउने व्यवस्था गरिनु आवश्यक देखिन्छ।।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij