शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रोल्पाली उवा समाजको राँके शुरु

  • प्रकाशित मिति : बुधबार, साउन २, २०८१



  • दाङ/ रोल्पाली उवा सेवा समाज दाङको आयोजनामा मंगलबारदेखि घोराही–१३ तुरुन्तपुरमा राँके तिहारको अवसरमा भुम्या नाच शुरु भएको छ ।

    समाजका अध्यक्ष जीवन रोका मगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भुम्यानाच उद्घाटन भएको थियो । रोल्पा उवामा जन्म भई दाङ बसाइ सरी आएकाहरुले संस्कृतिको संरक्षण गर्न नाच शुरु गरेका छन् । विधिवत संस्था दर्ता गरी आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्न लागेको अध्यक्ष रोकाले बताउनुभयो । कला संस्कृति संस्कारलाई बचाउन, युगअनुसार परिमार्जन र विकास गर्न आवश्यक रहेको प्रमुख अतिथि चौधरीको भनाइ थियो । राज्यको तर्फबाट सबैका संस्कार संस्कृतिलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो । आवश्यक साथ समर्थन गर्ने भनाइ उहाँको थियो ।

    साउन ५ गतेसम्म नाच सञ्चालन गरिने समाजले जनाएको छ । कार्यक्रममा घोराही–१४ का अध्यक्ष भानसिंह बुढा मगर, थबाङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर घर्ती मगर, नेपाल मगर संघका घोराही नगर समितिका कावा सचिव गणेशप्रताप पुन मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार बेदु बुढा मगरले गर्नुभएको थियो ।

    उवा घुस्बाङ समाजको राँके तिहार बडहरामा

    यसैगरी उवा घुस्बाङ खाम समाज दाङको आयोजनामा घोराही–१३ बडहरामा मंगलबार राँ‘के तिहारको अवसरमा भुम्यानाच शुरु भएको छ । समाजका अध्यक्ष रामलाल घर्ती मगरको अध्यक्षता एवं घोराही–१३ का अध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । कला संस्कृतिको संरक्षण गर्न वडा कार्यालयले गर्न सक्ने सबै सहयोग गर्ने प्रमुख अतिथि वडाध्यक्ष पोख्रेलको भनाइ थियो । उक्त भुम्या नाच साउन ५ गतेसम्म चल्ने समाजले जनाएको छ । उक्त कार्यक्रमका विशिष्ट अतिथि अठार मगरात मगर खाम तथा संस्कृति विकास मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रज्योति बुढा मगरले मगर समुदायले आफ्नो विशेष पर्व भव्य बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी घर्ती मगरले र सञ्चालन सचिव आशबहादुर घर्ती मगरले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij