आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुकुरलाई पिटेको भन्दै १८ वर्षीय छोराले गरे बुवाको हत्या

  • प्रकाशित मिति : बुधबार, साउन २, २०८१



  • काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा छोराले बुवाको हत्या गरेका छन् ।

    जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका हुन् ।

    निराजनले हानेको ढुंगा टाउकोमा लागेर उनका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

    पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij