प्रकाशित मिति : शनिबार, साउन ५, २०८१
दाङको रेडियो तुलसीपुरस्थित ‘रेडियो तुलसीपुर’का तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको १४ वर्ष पुगेको छ।
तत्कालीन राप्ती अंचल बस व्यवसायी समितिका अध्यक्षसमेत रहेका धितालको राप्ती राजमार्ग अन्तर्गत साविक उरहरी गाविसको अस्थायी प्रहरी चौकी जस्पुरभन्दा केही उत्तर हेमनगरमा साउन ६ गते गोली हानेर हत्या भएको थियो।
तर, हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
धिताल स्मृति प्रतिष्ठिानले हरेक वर्ष उनको सम्झनामा कार्यक्रम गर्दै आएको भएपनि त्यो भन्दा थप राज्य पक्षबाट कुनै तथ्य सार्वजनिक नहुँदा समाज अन्योलमा छ।
सोही आशय तुलसीपुरस्थित साबिक राप्ती अञ्चल यातायात समिति र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको तुलसीपुरस्थित कार्यालयमा शनिबार धितालको सम्झनामा कार्यक्रम गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष स्वर्गिय हेमराजका सशुरा हरिहरप्रसाद रजौरियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्ने व्यक्तिहरूले प्रहरी प्रशासनले हालसम्म धितालको हत्याको कारण र हत्यारा पत्ता लगाउन माग गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रिशिद्धिश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले आफ्ना तत्कालीन अध्यक्ष धितालको हत्यारालाई पहिचान गरी सार्वजनिक गर्न माग गरे।
काँग्रेस नेता हेमराज प्रतिष्ठानका सदस्य लेबेन्द्र धितालले हेमराज धितालको हत्या एक नियोजित र क्रुर घटना भएको हुँदा त्यस्मा संलग्न व्यक्तिहरूको पहिचान छिटोभन्दा छिटो गर्न आग्रह गरे।
स्वर्गीय हेमराजकी जेठी छोरी मनिषा धितालले यतिका समय आफ्ना बाबाका हत्यारा पत्ता नलाग्दा आँफुहरु त्रासमा बाँच्नु परेको बताइन्।
साथै उनले आफू चुपचाप बस्दा झनै राज्यले नीरिह ठानेको जस्तो महसुस भइ रहेको भन्दै रोष प्रकट गरेकी थिइन्।
कार्यक्रममा राप्ती यातायात प्रालिको तर्फबाट रेडियो तुलसीपुरकी कार्यबहाक सम्पादक सर्मिला डिसीलाई ५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मान र यातायात मजदुर टंक बिसीलाई १० हजार बढी नगरले सम्मान गरिएको थियो।
कार्यक्रममा उपस्थित घर परिवारका सदस्यदेखि सबैले स्वर्गीय हेमराजको शालिकमा माल्यार्पण गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij