आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

  • प्रकाशित मिति : बुधबार, साउन ९, २०८१



  • काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिकका माध्यमबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुलाई आग्रह गरेकी छन्।

    नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औँ वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, ‘यहाँहरु यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो। यहाँहरु जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरुलाई आग्रह गर्दछु।’

    मन्त्री डा राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्‍याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखिन्। साथै उनले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पु¥याउन आग्रह गरिन्।

    मन्त्री डा राणाले संसारमा नेपालको अलग्गै पहिचान रहेको र हाम्रो परम्परा र सम्पदाहरु विश्वका पर्यटकहरुका लागि आकर्षणका केन्द्र भएकाले विश्वका यतिधेरै देशससँग जोडिएका वाणिज्यदूतहरुले नेपालमा पर्यटन क्षेत्रको प्रवर्धनका लागि लाग्नुपर्नेमा जोड दिइन्। उनले नेपाल अब राजनीतिक स्थायित्वमा प्रवेश गरेकाले वैदेशिक तथा स्वदेशी लगानीका लागि पनि लाग्नुपर्नेमा जोड दिइन्।

    मन्त्री डा राणाले भनिन्, ‘मलाई लाग्छ राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ। अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ। त्यसैले यहाँहरुलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ।’ उनले नेपालमा यी दुई ठूला दल मिल्दा देशमा समय समयमा ठूला र महत्वपूर्ण राजनीतिक परिवर्तन भएका स्मरण गर्दै अब पनि यी दलको संयुक्त सरकारबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि आउने विश्वास दिलाइन्।

    नेपालमा कार्यरत ६२ देशका अवैतनिक वाणिज्यदूतहरुको यो संस्थाले आज नयाँ डिनमा नेपाल उद्योग वाणिज्य महासंघक अध्यक्ष चन्द्रप्रसाद ढकाल र भाइ डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ। यसअघिका डिन विष्णु अग्रवालले सो पद ढकाललाई हस्तान्तरण गरेका छन्। ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन्। सो अवसरमा डिन ढकालले आफूहरुले आर्थिक र सांस्कृतिक रुपमा देशलाई विश्व समुदायसँग जोड्दै आएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij