शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डिजे साउण्ड नबजाउन रौतहट प्रहरीको अनुरोधः ५० लाखसम्म जरिबाना हुनसक्ने चेतावनी

  • प्रकाशित मिति : बुधबार, साउन ९, २०८१



  • रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो । बेवास्ता गर्ने लाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ।

    रौतहट जिल्लाको सार्वजनिक सडक, बिद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टम बाट चर्को आवाजमा अभद्र उच्चश्रीङ्खल प्रकारको संगीत बजाएको देखिएको छ। त्यस्तो गीतको कारण सामाजिक तनाव, द्वन्दको अवस्था श्रृजना गरेको छ।

    सामाजमा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न भएर झैझगडाको घटना बढेको, विद्यार्थीको पठनपाठन, सरकारी कार्यालयको कामकाजमा असर परेको र ध्वनि प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको पटकपटक गुनासो आएको हुँदा डिजे साउण्ड सिस्टम न बजाउन प्रहरीले अनुरोध गरेको छ ।

    डिजेको ध्वनिबाट महिला, पुरुष, वृद्ध वृद्धा, गर्भवती,बालबालिकाको स्वास्थमा समेत गम्भीर असर परेको हुँदा सबै सचेत रहन आग्रह गरिएको छ। आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ।

    बाताबरण संरक्षण एन २०७६ को परिच्छेद ३ को दफा १५ को उप दफा १ बमोजिम डिजे बजाउने लाई न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij