आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

  • प्रकाशित मिति : आइतवार, साउन १३, २०८१



  • काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा फैसला हुँदै छ । सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा यसअघि तोकिएको निसुमा फैसला सुनाउन लागेको हो ।

    न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले  २०८१ असार २० गते  दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो ।

    सर्वोच्चले तत्कालीन समयमा साउन १३ गतेका लागि फैसला सुनाउने मिति तय गरेको थियो । त्यसका लागि असार २१ गतेसम्म बहसनोट पेश गर्न सर्वोच्चले सरकार र विपक्षी कानुन व्यवसायीको नाममा आदेश जारी गरेको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए ।

    विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।

    सर्वोच्चले आइतबार उक्त मुद्दा मिले नमिलेको बारेमा निर्णय दिने छ । सर्वोच्चले दोषी ठहर गरेमा उनी उक्त अवधि थुनामा बस्नु पर्ने छ भने तोकिएको सम्पत्ति जफत हुनुका साथै बिगो र जरिवाना बुझाउनुपर्ने छ । यदि सफाइ दिएमा उनले भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij