आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीआईडी हौँ भन्दै सर्वसाधारणलाई धम्क्याउने पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन ३०, २०८१



  • पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीको सीआइडी हुँदै सर्वसाधारणलाई दुःख हैरानी दिने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा-७ माछापुच्छ्रे टोलका २६ वर्षीय सरोज थापा छन् ।

    उनीहरुलाई साउन २७ गते पोखराको बागलुङ बसपार्कबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

    डीएसपी शर्माका अनुसार उनीहरुले सादा पोशाकका प्रहरी सीआइडी हौँ भनि सर्वसाधारणलाई दुःख हैरानी दिन्, शरीरको तलासी लिई चेकजाँचसमेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गर्ने गरेका थिए ।

    प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीमाथिसमेत अभद्र व्यवहार गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्दको कसूरअन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij