आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यातायात कार्यालयमा टोकन प्रणाली गर्न निर्देशन

  • प्रकाशित मिति : शनिबार, भदौ ८, २०८१



  • लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात कार्यालयहरूमा अनिवार्य टोकन प्रणाली लागु गर्न कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ ।

    भालुबाङस्थित मन्त्रालयमा कार्यालय प्रमुखसहितको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले यातायात कार्यालयहरुमा सेवाग्राहीले भोग्दै आएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो । यातायात कार्यालयहरुमा टोकन प्रणाली लागु नहुँदा सेवाग्राहीहरु लामो समयसम्म लाइन बस्नुपर्ने समस्या रहेको भन्दै टोकनकै आधारमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।

    मन्त्री न्यौपानेले भनसुनका आधारमा सवारी चालक अनुमतिपत्र दिन नहुने भन्दै यसमा कडा नियमन गर्न पनि कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । सवारी साधन चलाउन पोख्त भएकालाई मात्रै उनीहरुको क्षमताका आधारमा लाइसेन्स वितरण गरिनुपर्ने भन्दै मन्त्री न्यौपानेले लाइसेन्स लिइसकेपछि सवारी साधन चलाउन सिक्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो । यसैगरी मन्त्री न्यौपानेले पर्यटन विकासका सन्दर्भमा प्रदेशका पर्यटकीय स्थलहरुको भरपुर प्रचारप्रसार गरेर पर्यटकको आगमन बढाउने गरी काम गरिनुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij