आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घाइते भेट्न आएकी भारतीय राज्यमन्त्री खड्से र गृहमन्त्री लेखकबीच भेटवार्ता

  • प्रकाशित मिति : शनिबार, भदौ ८, २०८१



  • काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ । शनिबार गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    शुक्रबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

    यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए । सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

    भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ ।

    मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij