प्रकाशित मिति : आइतवार, भदौ ९, २०८१
काठमाडौं। नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलंकीतर्फ आउँदै गरेको प्र०१-०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२-०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए।
सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौंको नैकाप बस्ने ४३ वर्षीय जगत्बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij