शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मृत्युको हल्ला फैलिएपछि कलाकार अधिकारी : ‘म सकुशल घरमै छु’

  • प्रकाशित मिति : शनिबार, भदौ १५, २०८१



  • काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

    ‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, अधिकारीले रातोपाटीसँग भने, ‘म घरमै सकुशल छु ।’ कसरी र कसले यस्तो हल्ला फैल्यायो आफूले बुझ्न नसकेको उनको भनाई छ ।

    ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो’ उनले थपे, ‘किन र कसले केका लागि हल्ला गर्‍यो । त्यो बुझ्न सकिन ।’

    अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

    अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । अधिकारी फिल्म, टेलिफिल्मदेखि म्युजिक भिडियोसम्म छाउन सफल छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij