आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपा एमाले इच्छाकामना ७ को अध्यक्षमा सन्त बहादुर गुरुङ

  • प्रकाशित मिति : आइतवार, भदौ २३, २०८१



  • चितवन/नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ७ को अध्यक्षमा सन्त बहादुर गुरुङ चयन भएका छन् ।

    आज शनिबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले गुरुङको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा हस्तबहादुर लामा, सचिवमा धन बहादुर गुरुङ, सहसचिवहरुमा सुरज मगर र गोमा गुरुङ चयन भएका छन् ।

    अधिवेशनको अवसरमा खेलाडीहरुलाई फुटबल र भलिवल सामग्री प्रदान गर्नुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठक, चितवन जिल्ला समन्वयन समिति प्रमुख नारायण अधिकारी, नेताहरु दानबहादुर गुरुङ, माया सिलवाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij