शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाई बाँध्न नदिएको झोंकमा काटियो रूख

  • प्रकाशित मिति : मङ्लबार, भदौ २५, २०८१



  • काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १० रामनगरमा सडकको बीच भागमा रोपिएका बिरुवा एक व्यक्तिले काटिदिएका छन् । बिरुवा काटेर भागेका उनको खोजी भइरहेको छ ।

    वडा अध्यक्ष गौराकुमारी अधिकारीले स्थानीय लीला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् ।

    ‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका छन्’, वडाध्यक्ष अधिकारीले भनिन् ।

    गाई बाँध्न नदिएको झोंकमा काटिदिएको आरोप

    वडाध्यक्ष अधिकारीका अनुसार लीला भुसालले सडकको बीच भागका ती रूखमा गाई बाँध्ने गर्दथे । सोमबार दिउँसो नगर प्रहरीले गाईको दाम्लो काटिदिएको थियो। त्यसैको झोंकमा भुसालले सोमबार राति रूख काटिदिएको वडाध्यक्ष अधिकारीले बताइन् ।

    ‘सीसीटीभी फुटेजमा छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ’ उनले भनिन्, ‘गाई बाँध्न नदिएको रिस पोखेछन् ।’

    उनले पाँच वटा रूख काटिएको अवस्थामा रहेको र एउटा आरीले काट्दाकाट्दै छोडेको देखिएको जानकारी दिइन् ।

    आज बिहान नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र प्रहरीहरुले रूख काटिएको स्थानको अवलोकन गरेका थिए । ‘रूख काट्ने व्यक्ति भाग्नुभयो । घरमा जाँदा उहाँ हुनुहुन्नथ्यो’ वडाध्यक्ष अधिकारीले भनिन्, ‘उहाँको भाइले दाइलाई उपस्थित गराउने भन्नुभएको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij