प्रकाशित मिति : बुधबार, भदौ २६, २०८१
बिनिता शर्मा,काठमाडौ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका-९ बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रूपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेशियन २ रिङ्गिट, भारतीय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij